Kathmandu Press

तराईमा आज होली मनाइँदै

एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । 
तराईमा आज होली मनाइँदै

काठमाडौं, फागुन २३ : रङको पर्व होली आज तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ । 

एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । 

होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रंगिएर उल्लासपूर्वक वातावरणमा नाचगान, रमाइलो गर्ने प्रचलन छ । होली पर्वका कारण बजारमा चहलपहल बढेको पाइएको छ । 

प्रकाशित मिति: ०७:३८ बजे, मंगलबार, फागुन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्