Kathmandu Press

‘भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु’

गृहनगर कैलालीको लम्कीमा नेपाली कांग्रेस लम्की चुहा नगरसमितिले आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहले संघीयतालाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताए।
‘भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु’

कैलाली, फागुन २२ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्ने बताएका छन्।

गृहनगर कैलालीको लम्कीमा नेपाली कांग्रेस लम्की चुहा नगरसमितिले आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहले  संघीयतालाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताए।

अहिले जनप्रतिनिधिको गतिविधिका कारण सङ्घीय संरचनाप्रति नै जनताको विश्वास घट्दै गएको उनको भनाइ थियो । उनले भने, ‘हिजो जिम्मेवारीमा नरहँदा पनि तपाईंहरूसँगै थिए, आज पनि तपाईंहरूको साथमा छु । भोलि पनि तपाईंसँगै रहनेछु।’

संघीयतालाई बदनाम गर्ने, प्रदेशलाई बदनाम गर्ने गलत गतिविधि भइरहेको उल्लेख गर्दै उनले विगतका सरकारमा बस्ने जनप्रतिनिधिले संघीयता कार्यान्वयन गर्न जनतालाई विश्वास दिलाउन सके कि सकेनन् भनेर ठूलो चुनौतीका साथै प्रश्न चिह्न खडा रहेको बताए।

आफ्नो लक्ष्य प्रदेश कसरी समृद्ध बनाउने, प्रदेशवासीको जीवनयापनमा सहजता कसरी बनाउने र उनीहरूको जीवनस्तर कसरी माथि उठाउने भन्ने मात्र रहेको उनले बताए।

प्रकाशित मिति: १९:५१ बजे, सोमबार, फागुन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्