Kathmandu Press

रास्वपाले निर्वाचन क्षेत्र समिति गठन गर्ने

रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्न लागेको महामन्त्री डा. मुकुल ढकालले जनाए।
रास्वपाले निर्वाचन क्षेत्र समिति गठन गर्ने

काठमाडौं, फागुन २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ। केही दिनअघि देशका सातै प्रदेश समिति गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि संगठन निर्माण गर्न लागेको हो।

रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्न लागेको महामन्त्री डा. मुकुल ढकालले जनाए।

समितिमा रहन लागि इच्छुकले आउँदो चैत महिनाको १५ गतेसम्म आवेदन दिनुपर्ने महामन्त्री ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख  छ । उनका अनुसार पार्टीको एपमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

अनलाइन मतमार्फत निर्वाचन क्षेत्र समिति गठन गरिने पनि सो पार्टीले जनाएको छ।

प्रकाशित मिति: १९:३२ बजे, सोमबार, फागुन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्