Kathmandu Press

पोखरामा हाेलीकाे उल्लास

पोखरा बजारसहित पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा स्वदेशीसहित विदेशी पर्यटकले समेत एकापसमा विभिन्न रङ्ग तथा अबिर दलेर होलीमा रमाएका छन्।
पोखरामा हाेलीकाे उल्लास

कास्की, फागुन २२ : देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा रंगको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने पर्व फागुपूर्णिमा आज हर्षोल्लासका साथ मनाइएको छ।

पोखरा बजारसहित पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा स्वदेशीसहित विदेशी पर्यटकले समेत एकापसमा विभिन्न रङ्ग तथा अबिर दलेर होलीमा रमाएका छन्।

पोखरा घुम्न आएका पर्यटकले एकापसमा रङ्ग दलेर शुभकामना आदानप्रदान गरी होली मनाएका हुन् । पोखरामा विभिन्न संघसंस्थाले समेत सामूहिक होली मनाएका छन्।

202303061559-d372167f-e4b0-4e18-9c26-9ec33a59c886_medium1678109989.jpg

नेपाल पत्रकार महासंघ कास्की शाखाले महासंघको भवनमा होली मिलन कार्यक्रम गरेको थियो। सञ्चारकर्मीहरुले रङ्ग दलेर शुभकामना आदानप्रदान गरी होली मनाएका छन्। पोखराको पृथ्वीनारायण क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनले समेत सामूहिक होली मनाए ।

202303061343-d5fd5589-ca9c-4d33-8a0f-4e2ffc484b87_medium1678110004.jpg

पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकदेखि डिहीकोपाटनसम्मको तीन किमी क्षेत्रमा पर्यटकले रंग लगाउँदै र नाच्दै गाउँदै होलीको रमाइलो गरे । फेवाताल किनारमा समेत होली मनाउनेहरुको सङ्ख्या उत्तिकै थियो।

पर्यटकहरु ‘ह्याप्पी होली’ भन्दै रंग लगाएर खुसी साटासाट गरिरहेका थिए । आन्तरिक पर्यटकसहित भारतीय र तेस्रो मुलुकबाट घुम्न आएका पर्यटकहरु होलीमा सहभागी भएका हुन्।

202303061436-8bc5df86-9e0f-448a-a988-d612f728f4da_medium1678110024.jpg

फागुपूर्णिमाका अवसरमा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले होली महोत्सवको आयोजना गरेको थियो । महोत्सवमा विभिन्न साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो । पर्यटकहरु महोत्सवमा रमाएका थिए।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहभागी गराई नेपालको संस्कृति र पर्वका बारेमा जानकारी गराउँदै एकापसमा मित्रता र सद्भाव साटासाट गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको रेवान पोखराका महासचिव विकास भट्टराईले बताए। (तस्बिर : रासस)

202303061438-6eb9b0e5-7857-45c0-808a-84a2858c87d4_medium1678110024.jpg

202303061404-bc70689f-6708-43ff-913e-3ecde71b9683_medium1678110022.jpg

202303061424-d88a9a1f-0d78-4307-87f9-15f350184d39_medium1678110022.jpg

202303061352-456a62b1-ec97-44df-a526-f9bb20b6b8ad_medium1678110021.jpg

202303061553-2923d0a9-bf39-4552-9b19-1c007e345b1b_medium1678110025.jpg

 

प्रकाशित मिति: १९:१५ बजे, सोमबार, फागुन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्