होलीले सबै नेपालीमा उमंग थपोस् : मुख्यमन्त्री
मुख्यमन्त्री शर्माले ‘फागुपूर्णिमा (होली) पर्व, २०७९’ का अवसरमा आज एक सन्देश जारी गर्दै यस अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
कर्णाली, फागुन २२ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले रङको पर्व होलीले समस्त नेपालीमा उमङ्ग थपोस् भन्ने शुभकामना दिएका छन्।
मुख्यमन्त्री शर्माले ‘फागुपूर्णिमा (होली) पर्व, २०७९’ का अवसरमा आज एक सन्देश जारी गर्दै यस अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
मानव स्वास्थ्यलाई ध्यान दिइ अनुशासित एवं सभ्य भएर हर्षोल्लाससाथ होली मनाउन सबै नेपालीलाई उहाँले आग्रह गरेका छन्।
हिमालदेखि तराईसम्म हर्षभावका साथ मनाइने होलीले हामीबीच भएका असमझदारी र तीक्ततालाई समाप्त पारी सद्भाव कायम गर्न सबैमा प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरेका छन्।
प्रकाशित मिति: १५:५६ बजे, सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)