सरोज उपाध्यायप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण
नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा पुगेर उनले उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिएको छ।
काठमाडौं, फागुन २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादी (नेकपा एस) का केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा पुगेर उनले उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिएको छ।
उनको पार्थिव शरीरमा माधव नेपालसहित परिवारजनले समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीप्रति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेतागण आलोकनगर पुगेकाे जनाइएको छ।
गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर उपाध्यायको निधन भएको थियो। उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाइ हुन्। उपाध्यायको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










