भीमको पहिलो अर्धशतकमा नेपालले युएईलाई दियो २३० रनको लक्ष्य
भीमले रोहन मुस्तफाको बलमा बोल्ड हुनुअघि ९९ बलमा ७ चौका प्रहार गर्दै ७० रन बनाए।
काठमाडौं, फागुन २२ : युवा ब्याट्सम्यान भीम सार्कीले एकदिवसीयमा क्रिकेटमा मेडन अर्धशतकको मद्दतमा नेपालले युएईलाई २३० रनको लक्ष्य दिएको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पहिला ब्याटिङ गर्दै नेपालले ८ विकेटको क्षतिमा २२९ रन बनायो।
भीमले आफ्नो करिअरको पहिलो अर्धशतक प्रहार गरेका हुन् । पाचौं एकदिवसीय खेलिरहेका भीमले युएईविरुद्ध ७८ बलमा ५ चौका प्रहार गर्दै अर्धशतक बनाए । भीमले रोहन मुस्तफाको बलमा बोल्ड हुनुअघि ९९ बलमा ७ चौका प्रहार गर्दै ७० रन बनाए।
युएईविरुद्ध पहिला ब्याटिङ गरेको नेपालले लागतार विकेट गुमाइरहेका बेला भीमले सम्हालिएको पारी खेल्दै नेपाली इनिङ सम्हालेका थिए। भीमले सन्दीप लामिछाने र आसिफ सेखसँग महत्वपूर्ण साझेदारी गरे।
उनले छैठौं विकेटका लागि सन्दीपसँग ५६ रनको साझोदरी गरे भने सातौं विकेटका लागि आरिफसँग पनि ५६ रनकै साझेदारी गरे।
यस्तै, नेपालका लागि आसिफ सेखले नटआउट ४३ रन बनाए। उनले ५६ बलमा २ चौका र १ छक्का प्रहार गरे। यस्तै, कशुल मल्लले ३२ बलमा ३२ रन बनाउँदा सन्दीपले ४० बलमा २७ रन बनाए । करण केसीले १७ र प्रतिश जिसीले ११ रन बनाए।
युएईका जुनैद सिद्दिकी ३ विकेट लिए भने आयन लाकरा र रोहन मुस्तफाले समान २ विकेट लिए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










