दिवंगत नेता उपाध्यायको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा राखिने
आज दिउँसो १ देखि ३ बजेसम्म पार्टी कार्यालयमा उनीप्रति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेतागणले श्रद्धाञ्जली दिनुहुने कार्यक्रम रहेको छ।
काठमाडाैं, फागुन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ।
आज दिउँसो १ देखि ३ बजेसम्म पार्टी कार्यालयमा उनीप्रति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेतागणले श्रद्धाञ्जली दिनुहुने कार्यक्रम रहेको छ।
गत शनिबार शङ्खमूलस्थित एक रेस्टुरेन्टको छतबाट लडेर घाइते भएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
उनको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। दिवंगत उपाध्याय नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाइ हुन्।
प्रकाशित मिति: १२:३८ बजे, सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










