Kathmandu Press

युएईविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

युएईविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाडौं, फागुन २२ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको युएईमा जारी सिरिजको अन्तिम खेलमा पनि नेपालले टस जितेको छ। टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्। 

नेपालले लिग–२ अन्तर्गतका पछिल्ला २ सिरिजका सबै खेलमा टस जितेको छ । र, पहिला बलिङ गर्ने निर्णय गरेको थियो । ती ७ मध्ये नेपालले ६ खेल जितेको छ। तर, युएईविरुद्ध भने नेपालले पहिलो ब्याटिङ गर्ने निर्णय गरेको हो।

नेपालसँग सोमबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा कुशल भुर्तेल हुने छैनन् । पपुवा न्युगिनीविरुद्धको पहिलो खेलमा अर्धशतक बनाउँदै प्लेयर अफ द म्याच बनेका ओपनिङ ब्याटर कुशलले ग्रोइन चोटका कारण यूएई भ्रमणको अन्तिम खेल गुमाउने भएका हुन्।

उनको स्थानमा सन्दीप जोरालाई नेपाली टोलीभित्र राखिएको छ । यूएई भ्रमणमै रहे पनि जोरा नेपालको अन्तिम १४ सदस्यीय टोलीमा थिएनन्।

तर, प्लेइङ ११ मा भने सन्दीपले मौका पाएनन्, उनको स्थानमा युवा फास्ट बलर प्रतिश जिसीलाई राखिएको छ। मुख्य प्रशिक्षक मोन्टी देसाईले टसअघि पिचको निरक्षण गरेर कुशलको ठाउँमा प्रत्यिसलाई राख्ने निर्णय गरेका हुन्।

प्रकाशित मिति: ११:१६ बजे, सोमबार, फागुन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्