भारतको सिलुगडीबाट आएकाे चार वटा ट्यांकर डिजेलमा मिसावट रहेकाे पुष्टि

काठमाडाैं, फागुन २१ : भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गरेकाे ८० हजार लिटर डिजेलमा मिसावट रहेकाे पुष्टि भएकाे छ। नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा चार वटा ट्यांकरको डिजेलमा मिसावट रहेकाे पुष्टि भएको हाे ।
डिजेलमा कुन पदार्थ मिसवट गरिएको भन्ने चाहिं खुलेको छैन। मिसावट पुष्टि भएपछि चार वटै ट्यांकर र यसका चालक एवम् व्यवसायीलाई कारबाहीको तयारी भइरहेको छ। निगमको ढुवानी विनियमावलीअनुसार कम्तीमा ६ महिनाका लागि इन्धन ढुवानी इजाजत निलम्बन गर्नेगरी कारबाही अघि बढेको निगमले जनाएको छ ।
गत १० फागुनमा झापास्थित चारआली कार्यालयमा भारतको सिलिगुडीबाट आएका चार वटा ट्यांकरको डिजेलमा घनत्व कम भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पछि निगमले अनुसन्धान सुरु गरेको थियो ।
आयल निगमले ८ सय २० देखि ८ सय ५० किलो प्रतिघनमिटर घनत्वलाई मात्रै मान्यता दिन्छ । तर, चारआलीमा भित्रिएका डिजेलमा तल्लो प्यारामिटर भन्दा कम घनत्व रहेको पाइएको थियो ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










