Kathmandu Press

मिटरब्याजी श्याम परदेशीलाई धराैटीमा रिहा गर्न विशेष अदालतकाे आदेश

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले परदेशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
मिटरब्याजी श्याम परदेशीलाई धराैटीमा रिहा गर्न विशेष अदालतकाे आदेश

काठमाडाैं, फागुन २१ : सर्लाहीका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहलाई विशेष अदालतले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । सम्पत्ति सुद्धिकरणको मुद्दामा थुनामा रहेका परदेशीलाई अाइतबार विषेश अदातलतले धराैटीमा रिहा गर्न आदेश दिएकाे हाे।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले परदेशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

परदेशीविरुद्ध सम्पत्ति सुद्धिकरण विभागले मुद्दा दायर गरेको थियो । विशेष अदालतका सूचना अधिकृत नारदप्रसाद भट्टराईले आइतबार अदालतमा उपस्थित गराइएका परदेशीलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश भएको बताए ।

प्रकाशित मिति: १८:१८ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्