Kathmandu Press

८ दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु 

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको रिट र राष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ । 
८ दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु 

काठमाडौं, फागुन २१ : आठ दलीय गठबन्धनको बैठक सुरु भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे ४ बजेपछि बैठक सुरु भएको हो । 

बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागी छन् । आजको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपस्थित छैनन् । 

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक सहभागी छन् । 

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,माओवादी केन्द्रका नेता जनार्दन शर्मा,  एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायतका नेताहरु उपस्थित छन् । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिटबारे छलफल हुने बताइएको छ । त्यस्तै राष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्