पिएनजीले युएईलाई हरायो

काठमाडौं, फागुन २१ : युएईमा जारी आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीले सहज जित निकालेको छ।दुबई इन्टरनेशल क्रिकेट मैदानमा आइबार भएको खेलमा पपुवा न्युगिनीले युएईमाथि ५ विकेटको सहज जित निकालेको हो।
पहिला ब्याटिङ गर्दै युएईले दिएको ९८ रनको लक्ष्य युएईले २६.५ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि ओपनर टोनी उराले नटआउट ३५ रन बनाए । उनले ६३ लब खेल्दै ३ चौका प्रहार गरे।
यस्तै, सेसे बाउले ३३ बलमा १८ रन बनाउँदा हिरी हिरीले २८ बलमा १४ रनको योगदान दिए। युएईका रोहन मुस्तफाले २ तथा जुनैद सिद्दिकी, आयन खान र जाहुर खानले समान १ विकेट लिए।
त्यसअघि रिलेइ हेकुरुले घातक बलिङ गरेपछि टस हारेर पहिला ब्याटिङ गरेको युएई २६।२ ओभरमा ९७ रनमै अलआउट भयो । हेकुरेले ४ ओभरमै ५ विकेट लिए।
युएईले १८.४ ओभर ७६ रन बनाउँदा ३ विकेट गुमाएको थियो। त्यसपछि लगातार विकेट जाँदा युएई सस्तैमा रोकियो । उसका सूरुआती ४ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके।
उसका भृत्य अरविन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९, आसिफ खानले ११ र चुन्दनगापोइ रिजवानले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। उसका ५ ब्याट्सम्यान डकआउट भएका थिए।
युएई सस्तैमा समेट्ने क्रममा रिले हेकुरेले घातक बलिङ गरे। उनले ४.३ ओभरमा १ मेडनसहित १३ रनमात्र खर्चेर ५ विकेट लिए। यस्तै, चाद सुपरले ३ तथा चार्ल्स मिनीले १ विकेट लिए।
लिग–२का ३१ अंक जोडेको युएई पाँचौं स्थानमा छ भने पिएनजी ९ अंकसहित पुछारमा छ। यो सिरिजको अन्तिम खेलमा भोलि नेपाल र युएई भिड्दै छन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










