Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई दुई तिहाई सांसदले दिए विश्वासको मत 

मुख्यमन्त्री शाहलाई उनको दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक स्वतन्त्र गरी ४१ सांसदले विश्वासको मत दिएका हुन् ।  
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई दुई तिहाई सांसदले दिए विश्वासको मत 

काठमाडौं, फागुन २१ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा कुल ५२ सांसदमध्ये दुई तिहाई सांसदले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका हुन्।

मुख्यमन्त्री शाहलाई उनको दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक स्वतन्त्त गरी ४१ सांसदले विश्वासको मत दिएका हुन् ।  

मुख्यमन्त्रीले विश्वासको मतका लागि राखेको प्रस्तावमा एमालेका  १० र राप्रपाका एकजना सांसदले विपक्षमा मतदान गरे । कांग्रेसका १९, मााअ‍ेवादी केन्द्रको १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसद गरी ४१ जनाले मुख्यमन्त्तीलाई विश्वासको मत दिए । प्रदेशका सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्तीले विश्वासका लागि राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे । 

विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहले आफू सबैको साझा प्रतिनिधिका रुपमा काम गर्ने प्रतिबद्धता गरे ।

प्रकाशित मिति: १६:०९ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्