विप्लवको चेतावनी : जनयुद्धलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिन्छ

काठमाडौं, फागुन १ : नेपाल कम्युुनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधिकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिएका छन् ।
सहिद तथा बेपत्ता सन्तती फाउन्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै विप्लवले माअोवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोर्याउने चेतावनी दिएका हुन् । उनले माओवादी अपराधी भनेर भास्य निर्माण गर्न खोजिएको भन्दै त्यसको प्र्रतिवाद गर्न आफूहरु तयार र सक्षम रहेको बताए ।
‘अहिले माअोवादीलाई अपराधी बनाउन खोजिँदै छ । बेपत्तालाई अपराधी बनाउन खोजिँदै छ । असम्भव छ । माओवादीलाई अपराधीकरण बनाउन खोजियो भने इतिहास दोहोरिन्छ । इतिहास दोहोर्याउन सकिन्छ। यो कुरा सबैले हेक्का राख्नुपर्छ,’ उनले भने ।
उनले भाषणै पिच्छे माओवादीलाई अपराधीकरण गर्ने अभिव्यक्तिहरु सुनिने बताए। ‘प्रचण्ड जी यसमा के गर्नुहुन्छ त्यो उहाँको कुरा भयो । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत छ । यो साँचो हो,’ उनले भने।
विप्लवले अढाई सय वर्ष नेपाली जनतालाई चुसेर अर्बौँ सम्पत्ति थुपार्ने सामन्त अपराधी हुन कि आफ्नो अधिकारका लागि मर्न तयार हुने विद्रोही जनता अपराधी हुन् ? भन्ने प्रश्न पनि गरेका छन् । ‘हामी अपराधी होइनौँ । अपराधी भनेर जुन व्याख्या गर्न खोजिँदै छ । यदि ती मान्छे जनयुद्धमा भेटिएको भए त्यहीँ सिद्धिने थिए’ उनले भने ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










