Kathmandu Press

प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री : महासचिव पोखरेल

२४औं यदु स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेले देशको स्वाधीनता, साम्राज्यवाद, सामन्तवाद आन्दोलनको नेतृत्व गरेको व्यक्ति मुलुकको बारेमा फैसला गर्न उभिन सक्ने अवस्थामा नरहेको बताए।
प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री : महासचिव पोखरेल

काठमाडाैं, फागुन २१ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री भएको टिप्पणी गरेका छन्।

२४औं यदु स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेले देशको स्वाधीनता, साम्राज्यवाद, सामन्तवाद आन्दोलनको नेतृत्व गरेको व्यक्ति मुलुकको बारेमा फैसला गर्न उभिन सक्ने अवस्थामा नरहेको बताए।

उनले पार्टीभित्रको अन्तरसंघर्षमा सही विचारलाई निषेध गरेकै कारण प्रचण्डले अहिले विडम्बनापूर्ण राजनीतिको यात्रा गर्नुपरेको जिकिर गरे।

चलाखीका साथ देशको नेतृत्व प्राप्त गरेपनि देशलाई सहि बाटोमा हिडाउने सामर्थ्य प्रचण्डमा नरहेको उनको भनाइ छ। प्रचण्डले पाँच दलीय गठबन्धन असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउनका लागि माओवादीसँग सहकार्य गरेको तर अहिले राष्ट्रपतिका बिषयमा सहकार्य ताडेर हिँडेको धारणा राखे।

देशमा आर्थिक संकट बढेको बेलामा नयाँ सरकार बनेपछि मुलुकको आर्थिक अवस्था सुधार भएपनि अहिले पुनः समस्या देखिएको उनले बताए।

प्रकाशित मिति: १४:४० बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्