Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्तिको निर्णय 

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्तिको निर्णय 

काठमाडौं, फागुन २१ : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

सदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्तिको ७ सदस्य छन्। शनिबारसम्म प्रदेश सरकारलाई विश्वासको मत दिन आनाकानी गरिरहेको नागरिक उन्मुक्तिले आजको बैठकबाट भने विश्वासको मत दिने निर्णय गरेको हो । 

यसअघि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । यससँगै मुख्यमन्त्री शाहले विश्वासको मत पाउने पक्कापक्की भएको छ ।

मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदैछन् ।  

प्रकाशित मिति: १४:४२ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्