Kathmandu Press

माओवादी आन्दोलनका  सबै नेताहरु एक ठाउँमा आउनुपर्ने समय आयो : प्रचण्ड 

माओवादी आन्दोलनका  सबै नेताहरु एक ठाउँमा आउनुपर्ने समय आयो : प्रचण्ड 

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमाओवादीहरु एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन् । 

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आइतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले परिवर्तनकारी शक्तिहरुमाथि षड्यन्त्र भइरहेको र यसलाई चिर्न त्यही परिवर्तनकारी शक्तिहरु एकतावद्ध हुनुपर्ने बताएका हुन् । 

उनले माओवादी आन्दोलन र त्यसको प्रभाव विभिन्न धारामा रहेका शक्तिहरु एक ठाउँमा आउँदा त्यसको प्रभाव बलियो हुने थाहा पाएर नै प्रतिक्रियावादीहरुले षड्यन्त्र गरिरहेको बताए । ‘हिजो जनयुद्धको अन्तिम समयतिर पनि देखिएकै कुरा हो । हामी अहिले एकतावद्ध हुनुपर्छ भन्ने आवश्यकता बोध गरिएको छ, त्यो एउटा शक्ति हो,’उनले भने । 

प्रचण्डले आफू पनि राष्ट्रिय अन्तराष्ट्रिय दबाब र घेराबन्दीविरुद्ध लडिरहेको बताए । अरुपनि लडिरहनुभएको छ । हामी एकठाउँमा केन्द्रीत भयौं भने अजय हुन्छौं,’ उनले भने । तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भन्ने महसुस गर्ने हो भने एकतालाई कसैले रोक्न नसक्ने उनले बताए ।   

प्रकाशित मिति: १४:२२ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्