Kathmandu Press

ओखलढुंगा सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले घाइतेलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गर्न सेनाले उद्धार कार्य अघि बढाएकोसमेत जानकारी दिएका छन्।
ओखलढुंगा सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडाैं, फागुन २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओखलढुङ्गामा आज भएको सवारी दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले घाइतेलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गर्न सेनाले उद्धार कार्य अघि बढाएकोसमेत जानकारी दिएका छन्।

ओखलढुङ्गा जिल्लाको चिसङ्खुगढी गाउँपालिका दियालेमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्, 'मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तीव्र्र उद्धार कार्यका लागि निर्देशन दिएको छु।'

प्रकाशित मिति: १४:२३ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्