आठ दलीय गठबन्धनकाे संघीय र प्रदेश सांसदहरुको संयुक्त भेला स्थगित
गठबन्धनबाट राष्ट्रपतिको साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई जिताउने र ब्युँताउनुको कारणबारे जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गर्न लागिएको थियो।
काठमाडौं, फागुन २१ : आठ दलीय गठबन्धनले फागुन २४ मा राखेको सांसदहरुको भेला स्थगित गरेको छ।
गठबन्धनबाट राष्ट्रपतिको साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई जिताउने र ब्युँताउनुको कारणबारे जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गर्न लागिएको थियो।
फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। निर्वाचन आयोगले लागु गरेको आचारसंहिताका कारण भेला रोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। आचार संहिता १७ फागुन देखि ५ चैतसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ।
गठबन्धनमा आबद्ध दलका संघीय र प्रदेश सांसदहरुको संयुक्त निर्वाचनको अघिल्लो दिन अर्थात फागुन २४ गतेका लागि बोलाइएको थियो।
गठबन्धनले बिहीबार संघीय सांसद र शुक्रबार प्रदेश सांसदका लागि छुट्टाछुट्टै अभिमुखीकरण कार्यक्रम भने गरिसकेको छ।
प्रकाशित मिति: १४:०५ बजे, आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










