Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माओवादी र एसको निर्णय

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माओवादी र एसको निर्णय

काठमाडौं, फागुन २१ : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ । दुबै दलको आज बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । 

यसअघि माओवादी केन्द्रले शक्ति बाँडफाँटमा लिखित सहमति हुनुपर्ने, मुख्यमन्त्री आधा आधा कार्यकाल चलाउने गरी सहमति हुनुपर्ने माग अघि सारेको थियो । तर केन्द्रले प्रदेश सरकारलाई सहयोग गर्न निर्देशन दिएलगत्तै प्रदेश संसदीय दलले शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो । 

एकीकृत समाजवादीले केन्द्रमा आठदलीय गठबन्धन रहेअनुसार प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकालाई सहयोग गर्ने निर्णय गरेको हो । माओवादी केन्द्र र एकीकृत समावादीले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री शाहको सरकार जोगिने भएको छ । 

५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रको ११, एमालेको १०, नागरिक उन्मुक्तिको ७, एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक स्वतन्त्र सांसद छन् । 
 

प्रकाशित मिति: १४:०० बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्