Kathmandu Press

आठ दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै 

आठ दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै 

काठमाडौं, फागुन २१ : आठ दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ ।  

मुलुकको समसामयिक राजनीतिक अवस्था र राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक अपराह्न ४ बजे बस्ने बताइएको छ ।

आजको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने अनुपस्थित हुनेछिन् । उनी कैलालीमा भएकाले बठकमा उपस्थित नहुने भएकी हुन् ।

कांग्रेस नेता रामचन्द्र पौडेल आठ दलबाट राष्ट्रपतिका साझा उम्मेदवार छन् ।  उनको विरुद्ध एमालेले सुवास नेम्वाङलाई अगाडि सारेको छ । आठ दलीय गठबन्धनमै रहेका दलहरुसँग एमालेले लगातार छलफल गर्दै आएको छ । 

राष्ट्रपति निर्वाचनमा आठ दल एकतावद्ध भएर जाने र त्यस किसिमको वातावरण बनाउन आज बैठक बोलाइएको हो । 
 

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्