माधव नेपालका भाई सरोजकुमारको निधन

काठमाडौं, फागुन २१ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाई सरोजकुमार नेपालको निधन भएको छ । शनिबार एक घरको छतबाट लडेर गम्भीर घाइते भएका नेपालको आज उपचारका क्रममा निधन भएको हो ।
उनी एकीकृत समाजवादीका केन्द्रीय सदस्य र पार्टीको इन्जिनियर विभागका प्रमुख समेत हुन् । लडेर गम्भीर घाइते भएका उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा नेपालको निधन भएको एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले बताए ।
शनिबार दिउँसो एक रेष्टुरेष्ट रहेको घरको छतबाट नेपाल खसेको अवस्थामा भेटिएका थिए
प्रकाशित मिति: १०:५५ बजे, आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










