Kathmandu Press

ओखलढुंगामा यात्रु बोकेको बोलेरो दुर्घटना, २ जनाकोे मृत्यु

आइतबार बिहान ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३, दियालेमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।
ओखलढुंगामा यात्रु बोकेको बोलेरो दुर्घटना, २ जनाकोे मृत्यु

ओखलढुंगा, फागुन २१ : ओखलढुंगामा यात्रु बोकेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आइतबार बिहान ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३, दियालेमा  बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा चिसंखुगढी–३ का भक्तबहादुर थापा र मिनबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

ओखलढुंगा बजारतर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जिपमा १३ जना सवार थिए।

घटनास्थलबाट उद्दार गरी घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:१६ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्