Kathmandu Press

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित रुपमा सञ्चालनमा 

नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अबरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्डमा आज देखी नियमित सवारी साधान आवतजावत हुने भएको हो ।
नारायणगढ–मुग्लिन सडक आजबाट नियमित रुपमा सञ्चालनमा 

काठमाडौं, फागुन २१ : नारायणगढ–मुग्लिन सडक आइतबारदेखि नियमित रुपमा सञ्चालनमा आउने भएको छ ।

नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अबरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्डमा आज देखी नियमित सवारी साधान आवतजावत हुने भएको हो ।

मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आजदेखि नियमित रुपमा सडक सञ्चालन गरिन लागेको हो ।

उनका अनुसार पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको थियो भने अरू ठाउँको पहाड काट्ने काम लगभग सकिएको र तुइन खोलाको एकातर्फ विस्फोट गराउनु पर्नेबाहेक अन्य काम सम्पन्न भएको उनले जानकारी दिए ।

 ‘विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्छ तर सवारी आवात जावतमा अब समस्य छैन निर्बाधा रुपमा चल्न सक्नेछन्’ उनले  भने ।

गत पुस ५ गतेदेखि  बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुँदै आएको थियो ।

प्रकाशित मिति: ०८:०६ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्