तराईमा हावाहुरी र पहाडी क्षेत्रका एकदुई ठाउँमा हल्का वर्षा
मौसमविद्का अनुसार विशेषगरी आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसो पछिको समयमा हावाहुरीको गति बढ्ने अनुमान रहेकाले यो समयमा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
काठमाडौं, फागुन २१ : तराईका केही जिल्लामा आज दिउँसो पछि हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत हुन मौसमविद्ले आग्रह गरेका छन् ।
मौसमविद्का अनुसार विशेषगरी आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसो पछिको समयमा हावाहुरीको गति बढ्ने अनुमान रहेकाले यो समयमा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
यस्तै, आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ भने कोशी र बाग्मती प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको अनुमान छ ।
आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद् गोविन्द झाले बताए ।
प्रकाशित मिति: ०७:४६ बजे, आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)