आदिवासी जनजातीले पहिचानको मुद्दा छाड्नु हुँदैन : उपराष्ट्रपति
उनले संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिले एकतावद्ध भएर सरकारलाई खबरदारी गरिरहनुपर्ने बताए।
काठमाडौं, फागुन २० : उपराष्ट्रपति नन्दबहादुर पुनले आदिवासी जनजातीले आफ्नो पहिचानको मुद्दा छाड्न नहुने बताएका छन् ।
नेपाल मगर संघले आयोजना गरेको ‘भवन निर्माण तथा शालिक अनावरण’ कार्यक्रममा उनले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने पनि बताएका हुन्।
उनले संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिले एकतावद्ध भएर सरकारलाई खबरदारी गरिरहनुपर्ने बताए।
उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। उलने क्षेत्रीहरु आदिवासी हुन् वा होइनन् भन्ने बारेमा गहिरो अध्ययनको खाँचो रहेको पनि बताए।
आदिवासी जनजातिको एकता टुट्यो भने उनीहरुले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने उनको भनाइ थियो।
प्रकाशित मिति: १९:५७ बजे, शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










