Kathmandu Press

फेवाताल डुंगा दुर्घटनामा घाइते बृद्धाको निधन

शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा तालमा पल्टिएको थियो । करिब साढे ४ बजेतिर गिरीसहित ६ जना सवार डुंगा पल्टिएको थियो।
फेवाताल डुंगा दुर्घटनामा घाइते बृद्धाको निधन

कास्की, फागुन १९ : फेवातालमा डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी बृद्धाको निधन भएको छ। शनिबार दिउँसो फेवातालमा डुंगा पल्टँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा निधन भएको हो।

शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा तालमा पल्टिएको थियो । करिब साढे ४ बजेतिर गिरीसहित ६ जना सवार डुंगा पल्टिएको थियो।

डुंगामा सवार ६ जनाको भने उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । जसमध्ये याममायाको अवस्था गम्भीर थियो।

प्रकाशित मिति: १९:१९ बजे, शनिबार, फागुन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्