कफी सपको छैटौं तलाबाट खसेर माधव नेपालका भाइकाे निधन
नेकपा एसका नेतासमेत रहेका उपाध्याय शनिबार शंखमुलस्थित बबिन्स कफी नामक एक रेस्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए। उनलाई तत्काल उद्धार गरी सुरुमा सिभिल अस्पताल र त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएको थियो।
काठमाडौं, फागुन २० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ नेता सरोजकुमार उपाध्यायको निधन भएको छ।
नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका उपाध्याय शनिबार शंखमुलस्थित बबिन्स कफी नामक एक रेस्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए। उनलाई तत्काल उद्धार गरी सुरुमा सिभिल अस्पताल र त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएको थियो।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी दानबहादुर कार्कीले उपाध्याय कफी सपको छैटौँ तलाबाट खसेको बताउँदै त्यसबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको जानकारी दिए।
पेशाले इन्जिनियरसमेत रहेका उपाध्यायले केही दिनदेखि नियमित रूपमा बिहान साढे १० बजेतिर आई कफी अर्डर गर्ने गरेको र जहिले पनि छतमै बस्ने गरेको रेस्टुरेन्ट सञ्चालक रञ्जितकुमार यादवले बताए।
प्रकाशित मिति: १७:४९ बजे, शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










