Kathmandu Press

मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर राष्ट्रपतिको प्रस्तावलाई महत्व दिइनँ : नेपाल

शनिबार काठमाडौंमा पार्टी निकट दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिको चूनावको सन्दर्भमा आफ्नो पार्टीमा प्रस्ताव आएको भन्दै पदलाई नभएर नेपालको राजनीतिलाई स्थायीतव दिने कुरालाई महत्व दिएको बताए।
मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर राष्ट्रपतिको प्रस्तावलाई महत्व दिइनँ : नेपाल

काठमाडाैं, फागुन २० : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर राष्ट्रपतिको प्रस्तावलाई महत्व नदिएको बताएका छन्।

शनिबार काठमाडौंमा पार्टी निकट दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिको चूनावको सन्दर्भमा आफ्नो पार्टीमा प्रस्ताव आएको भन्दै पदलाई नभएर नेपालको राजनीतिलाई स्थायीतव दिने कुरालाई महत्व दिएको बताए।

उनले देशलाई अघि बढाउनका लागि पार्टीको स्वार्थलाई त्याग्दै आठ दलीय गठबन्धनमार्फत सहमतिमा राष्ट्रपति उम्मेदवार गरिएको दावी गरे। अहिले पनि नेपालको राजनीतिमा आफ्नो पार्टीको धेरै भूमिका रहेकाले नै बिभिन्न प्रस्तावहरु आइरहेको उनको भनाइ छ।

त्यस्तै अध्यक्ष नेपालले वर्तमान सरकारलाई पार्टीको समर्थन रहेको र विश्वासको मत लिने बेला पनि समर्थन हुने बताए। वर्तमान सरकारलाई पूर्णता दिएर देशैभरी आठ दलीय गठबन्धनको सरकार बनाउनका लागि अघि बढ्ने उनले बताए।

अध्यक्ष नेपालले अहिले कम्युनिष्ट एकताको खाँचो रहेकाले नेकपालाई व्युताउनका लागि पहल गर्नुपर्ने धारणा राखे।

उनले आफ्नो पार्टी अरु पार्टीमा समाहित हुने अवस्था नरहेको बरु सम्मानजनक एकताको पक्षमा रहेको जिकिर गरे। 

प्रकाशित मिति: १७:२९ बजे, शनिबार, फागुन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्