Kathmandu Press

देश र जनताको हितमा नेकपा एस समर्पित : अध्यक्ष नेपाल

नेपाल दलित मुक्ति संगठन केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका भ्रातृ संगठनले पनि देश र जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए। 
देश र जनताको हितमा नेकपा एस समर्पित : अध्यक्ष नेपाल

काठमाडौं, फागुन २० : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले देश र जनताको हितमा आफ्नो पार्टी समर्पित रहेको बताएका छन्। 

नेपाल दलित मुक्ति संगठन केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका भ्रातृ संगठनले पनि देश र जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए। 

‘देश र जनताबाहेक हाम्रो पार्टीको कुनै पनि स्वार्थ छैन,’ उनले भने, ‘त्यसकारण देश, जनता र पार्टीको हितमा काम गर्न पार्टीका साथीहरूलाई अनुरोध गर्छु।  

स्वभिमानको रक्षा गर्न सकिए सिंगो देशलाई एकताबद्ध बनाएर लैजान सकिने र पार्टीको उपादेयता पुष्टि हुन्छ। देशको समृद्धिका लागि नेकपा एसले अरुले भन्दा भिन्न तरिकाले आवाज उठाउनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष नेपालले अघिल्लो गठबन्धनमा रहेका दुई दल मात्रै सरकारमा भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुपर्ने बताए। ‘एमालेलगायत विभिन्न दल मिलेर गठबन्धन बनाएका थिए, त्यो गठबन्धन दुई महिना पनि टिक्न सकेन,’ उनले भने, ‘सरकारमा सहभागी दलले छाडिसकेका छन्। अहिले माओवादी र जनमत पार्टी मात्रै सरकारमा छन्।’

उनले कसैलाई पनि धोका दिएर पदमा पुग्ने उद्देश्य नभएकाले राष्ट्रपति पद त्यागेर आठ दलीय गठबन्धनमा सहभागी भएको बताए।

प्रकाशित मिति: १६:५५ बजे, शनिबार, फागुन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्