जसपामा अन्तर्घात आरोपित ५२ जनामाथि बयान, ८० जनालाई कारबाही सिफारिस
अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ रहेको प्रतिवेदनमा उल्लेख छ। तीमध्ये ८० जनालाई कारबाहीको सिफारिस गरिएको हो।
काठमाडौं, फागुन २० : गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा बैठकमा पार्टीभित्रबाट अन्तर्घात भएको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले त्यसको छानबिन गरी ८० जनालाई कारबाहीका लागि सिफारिस गरेको छ।
जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन गरेका छानबिन समितिले ८० जनालाई कारबाहीका लागि सिफारिस गरेर प्रतिवेदन बुझाएको छ।
आज (शनिबार) बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो। समितिले छानबिनको जिम्मेवारी पाएको ४९औं दिनमा प्रतिवेदन बुझाएको हो।
अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ रहेको प्रतिवेदनमा उल्लेख छ। तीमध्ये ८० जनालाई कारबाहीको सिफारिस गरिएको हो।
छानबिन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो। गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्य पनि कारबाहीका लागि सिफारिस गरिएको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










