Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई यथास्थितिमा विश्वासको मत दिन सकिन्न : माओवादी

संसदीय दलको आज (शनिबार) बसेको बैठकले कांग्रेसले मुख्यमन्त्रीमा आलोपालोको विषयमा संवादको वातावरण नबनाएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई यथास्थितिमा विश्वासको मत दिन सकिन्न : माओवादी

धनगढी, फागुन २० : माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने बताएको छ।

संसदीय दलको आज (शनिबार) बसेको बैठकले कांग्रेसले मुख्यमन्त्रीमा आलोपालोको विषयमा संवादको वातावरण नबनाएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट भोलि (फागुन २१ गते) विश्वासको मत लिँदैछन्। बैठकले यसबारे केन्द्रीय कार्यालयलाई लेखिपठाउने निर्णय गरेको जनाइएको छ।

नाउपासमेतको समर्थनमा मुख्यमन्त्री बनेका एमालेका राजेन्द्र रावल पदमुक्त भएपछि प्रदेशसभामा सबैभन्दा धेरै सांसद सदस्य रहेको दलको संददीय दलको नेताको हैसियतमा शाह गत संविधानको धारा १६८ (३) अनुसारमाघ २६ गते सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए।

विश्वासको मत लिने दिन नउपाका सांसद अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन सकेन थिएनन्। मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

प्रकाशित मिति: १६:०९ बजे, शनिबार, फागुन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्