लिखित सहमतिबिना विश्वासको मत दिन सकिन्न : रन्जिता श्रेष्ठ
उनको त्यो अभिव्यक्ति सुदूरपश्चिमका मुख्यमन्त्रीतर्फ लक्षित रहेको बुझ्न सकिन्छ। किनभने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट भोलि (फागुन २१ गते) विश्वासको मत लिँदैछन्।
काठमाडौं, फागुन २० : नेपाली कांग्रस नेतृत्वको आठ दलीय गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले लिखित सहमतिबिना विश्वासको मत दिन नसकिने बताएकी छन्। उनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन्।
‘दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन सकिँदैन,’ सन्दर्भ उल्लेख नगरी उनले फेसबुकमा लेखेकी छन्। उनको त्यो अभिव्यक्ति सुदूरपश्चिमका मुख्यमन्त्रीतर्फ लक्षित रहेको बुझ्न सकिन्छ। किनभने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट भोलि (फागुन २१ गते) विश्वासको मत लिँदैछन्।
नाउपाले आफ्ना संस्थापक सल्लाहकार रेशम चौधरीको रिहाइ हुनपर्ने माग अघि सार्दै आएको छ।
नाउपासमेतको समर्थनमा मुख्यमन्त्री बनेका एमालेका राजेन्द्र रावल पदमुक्त भएपछि प्रदेशसभामा सबैभन्दा धेरै सांसद सदस्य रहेको दलको संददीय दलको नेताको हैसियतमा शाह गत संविधानको धारा १६८ (३) अनुसारमाघ २६ गते सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए। विश्वासको मत लिने दिन नउपाका सांसद अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन सकेन थिएनन्।
मुख्यमन्त्री भएको ३० दिनभित्र वश्विासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। तर नाउपाले मत नदिए पनि केन्द्रमा बनेको केन्द्रमा आठ दलीय गठबन्धन रहेकाले शाह नेतृत्वको प्रदेश सरकार टिक्ने पक्का छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










