राम्रो गर्न खोज्दा पनि एमालेमाथि निरन्तर प्रहार भइरहनु मुलुकका लागि दुर्भाग्य : ओली
अध्यक्ष ओलीले जनतालाई भ्रममा पार्न सफल शक्तिहरुविरुद्ध चेतनाको बिगुल फुक्न बुद्धिजीवीहरुलाई आग्रह गरे। जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर बुद्धिजीविहरुले भूमिका खेल्नुपर्नेमा उनले जाेड दिए।
काठमाडौं, फागुन २० : एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीमाथि चौतर्फी रूपमा प्रहार भइरहेको बताएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राम्रो गर्न खोज्दा पनि एमालेमाथि निरन्तर प्रहार भइरहनु मुलुकका लागि दुर्भाग्य भएको बताए।
भक्तपुरमा आज (शनिबार) आयोजित एमालेनिकट बुद्धिजीवि परिषद केन्द्रीय समिति बैठकमा उनले भने, ‘देशका लागि दुर्भाग्यको कुरा के हो भने एमालेजस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित छ। सामाजिक परिवर्तन र रुपान्तरणका विरोधी शक्तिहरु आफ्ना छुद्र स्वार्थमा अल्झिएका कारण सत्ता कब्जा गर्न सफल छन्।’
अध्यक्ष ओलीले जनतालाई भ्रममा पार्न सफल शक्तिहरुविरुद्ध चेतनाको बिगुल फुक्न बुद्धिजीवीहरुलाई आग्रह गरे। जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर बुद्धिजीविहरुले भूमिका खेल्नुपर्नेमा उनले जाेड दिए।
उनले गलत बाटोमा जान नदिने, सही बाटोमा ल्याउने काम पनि बौद्धिक क्षेत्रको भएको बताए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)