Kathmandu Press

हलमा ‘छड्के–२ र छक्का पञ्जा–४

हलमा ‘छड्के–२ र छक्का पञ्जा–४

काठमाडाैं, फागुन २० : नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ हलमा प्रदर्शन भइरहेका छन्। दुवै फिल्म शुक्रबारबाट प्रर्दशनमा आएका हुन्।

प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहेका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको छक्का पञ्जाको चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका छन्। यसअगाडि अघिल्लो तीन शृङ्खला दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन्।

Hardik ivf

फिल्ममा दीपकराज गिरीसँगै केदार घिमिरे, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशीलगायतको अभिनयछ। प्रदर्शनको पहिलो दिन नै चलचित्रले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ पाएको छ ।

‘छक्का पञ्जा–४’ले घरेलु बक्स अफिसमा राम्रो व्यापार गर्ने सम्भावना देखाएको छ। ‘मैले भन्ने शब्द केही छैन, हेर्ने दर्शकले दिइरहनुभएको प्रतिक्रियाले मेहनतको सफलता पाएको आभास दिन्छ’, अभिनेता तथा निर्माता गिरीले भने।

यस्तै अर्को चलचित्र ‘छड्के–२’ ‘छड्के’ को दोस्रो शृङ्खला हो । फिल्ममा अनमोल केसी फरक भूमिकामा प्रस्तुत छन्। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘ग्याङस्टर’ को कथामा निर्माण भएको छ ।

फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आलेमगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी र कुमार घलानलगायतकाको अभिनय छ। फिल्ममा औसत व्यापार गरेको छ।

प्रकाशित मिति: ११:२५ बजे, शनिबार, फागुन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्