Kathmandu Press

स्कुल बसको ठक्करले कैलालीमा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ स्थित खैरानामा माउन्ट शैपाल स्कुलको से१क ४४१ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ६५ वर्षीया बाटुबट्टे आलेमगरको मृत्यु भएको हो।
स्कुल बसको ठक्करले कैलालीमा एक जनाको मृत्यु

कैलाली, फागुन २० : कैलालीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित खैरानामा माउन्ट शैपाल स्कुलको से१क ४४१ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ६५ वर्षीया बाटुबट्टे आलेमगरको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका आलेमगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।

घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले दोषीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।

प्रकाशित मिति: ११:०९ बजे, शनिबार, फागुन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्