दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले आज बानेश्वरमा प्रदर्शन गर्ने

काठमाडाैं, फागुन २० : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
व्ययसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंकाे बानेश्वरमामा प्रदर्शन गर्न लागेको हो ।
पूर्ब राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएकाे अभियानले बुटबल हुदैँ देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ । सो महाअभियनले आर्थिक अन्याय र बेथितिकोविरुद्ध काठमाडौंमा पनि प्रदर्शन गर्न लागेको प्रसाईँले जानकारी दिएका छन् ।
नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषय १३ बुँदे अपील साे अभियानकाे छ ।
प्रकाशित मिति: ०८:०३ बजे, शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










