Kathmandu Press

बैंक तथा वित्तीय संस्थाविरूद्ध हुने गलत गतिविधि रोक्न जिल्ला प्रशासनलाई गृहकाे निर्देशन

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध स‌ंगठित आक्रमणको प्रयास भइरहेको भन्दै गलत गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको छ।
बैंक तथा वित्तीय संस्थाविरूद्ध हुने गलत गतिविधि रोक्न जिल्ला प्रशासनलाई गृहकाे निर्देशन

काठमाडौं, फागुन १९ : बैंक तथा वित्तीय संस्थाहरु विरूद्ध हुने गलत गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध स‌ंगठित आक्रमणको प्रयास भइरहेको भन्दै गलत गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको छ।

बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षा प्रबन्ध गर्न र त्यस्तो गतिविधिहरुमाथि निगरानी बढाउन भन्दै गृह मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो।

पछिल्लो विवादमा आइरहेका व्यवसायी दुर्गा प्रसाईंले फागुन १ गते झापामा सभा गरेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिएपछि गृह मन्त्रालयले त्यसप्रति चासो दिँदै स‌ंगठित आक्रमण रोक्न यस्तो कदम चालेको हो।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर गरेको कार्यक्रममा प्रसाईंले बैंकका कर्मचारीलाई कालोमोसो दल्ने दस्ता नै तयार भएको बताउँदै २० लाखसम्मको ऋण मिनाहा हुनुपर्ने माग अघि सारेका थिए। २० लाख रुपैयाँसम्मको कर्जा मिनाहा नगर्ने संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए।

प्रसाईंले सतीश पोख्रेलको नेतृत्वमा देशभरि कालोमोसो दल्ने समूह बनाएको र लघुवित्तका मान्छे गाउँमा आए भने च्याप्प समाउने, कालोमोसो दल्ने भन्दै पुलिसले समाते पनि चार–पाँच दिन दिनपछि हिरासतमा राखेर छाडिदिने भन्दै युवाहरुलाई उक्साका थिए। 

प्रकाशित मिति: १८:१७ बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्