राष्ट्रपतिमा नेम्वाङलाई मत दिन जनमत पार्टीसँग एमालेकाे आग्रह
शुक्रबार जनमत पार्टीका अध्यक्ष सीके राउतसंग भेट गर्दै एमालेबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङलगायत एमाले नेताहरुले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन्।
काठमाडौं, फागुन १९ : नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न जनमत पार्टीसँग आग्रह गरेको छ।
शुक्रबार जनमत पार्टीका अध्यक्ष सीके राउतसंग भेट गर्दै एमालेबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङलगायत एमाले नेताहरुले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन्।
छलफलपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारका बारेमा जानकारी गराएको र मत दिन आग्रह गरिएको बताए।
अहिलेको राष्ट्रिय राजनीतिमा जनमत पार्टी पनि महत्वपूर्ण पार्टी रहेकाले सहयोगका लागि आग्रह गरिएको उनले बताए।त्यस्तै जनमतका अध्यक्ष सिके राउतले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको जानकारी दिए।
राष्ट्रपतिको निर्वाचन नजिकिदै जादा एमालेले बिभिन्न दलसंग भेटर आफ्नो पक्षमाा मत मागेको हो।
प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










