Kathmandu Press

श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा प्रेरणादायी महिलालाई सम्मान 

श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा प्रेरणादायी महिलालाई सम्मान 

काठमाडौं, फागुन १९ : ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा मोतीदेवी स्मृति केन्द्रले प्रेरणादायी महिलाहरुलाई सम्मान गरेको छ ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेरणादायी महिलाहरुलाई सम्मान गरेका हुन्।  

सामाजसेवी सावित्री थापा, शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने निरकेशरी श्रेष्ठ, नृत्य क्षेत्रकी  वेटी बज्राचार्य, पर्वतारोहणमा लाक्पा फुटी शेर्पा , राजनीतिमा सुशीला श्रेष्ठ लगाएतलाई सम्मान गरिएको हो। त्यस्तै ओलीले प्रेरणादायी महिलाहरू’ नामक पुस्तक लोकार्पण गर्नुभयो । पुस्तकमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने २४ महिलाका जीवनी उल्लेख छ । 

कार्यक्रममा एमाले अध्यक्ष ओलीले बिभिन्न साधना, सङ्कल्पबाट देशका लागि योगदान दिएका महिलाहरुको योगदानको चर्चा गरे । उनले संसारमा कुनै पनि कुरा असम्भव रहेको तर यसका लागि प्रयास आवश्यक रहेको बताए। 

कार्यक्रममा प्रेरणादायी महिलाहरुको बिषयमा तयार गरिएको वृतचित्र सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्