लिग २ : नेपालको खराब सुरुवात, कुशल र ज्ञानेन्द्र सस्तोमा आउट

काठमाडौं, फागुन १९ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ ।
पपुवा न्युगिनीले दिएको २८० रनको लक्ष्य पछ्याएको नेपालले चौथो ओभरमै दुई विकेट गुमाएको हो । नेपालका ओपनर कुशल भुर्तेल गोल्डेन डग आउट हुन पुगे । पपुवा न्युगिनीका सेमो कमियाले पहिलो बलमै कुशललाई पवेलियन पठाए ।
कुशलको विकेटपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्ल चौथो ओभरको पाचौँ बलमा आउट भए । कमियाकै बलिङमा रिले हेकुरले मल्ललाई क्याच आउट गरेका हुन् । २० बल खेलेका ज्ञानेन्द्रले ६ रन मात्रै बनाए।
खेलको दसौं ओभर चलिरहँदा नेपालले दुई विकेट गुमाएर ३४ रनको योगफल तयार पारेको छ। अहिले भीम सार्की रआशिफ शेख ब्याटिङमा छन् ।
नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।
प्रकाशित मिति: १६:२५ बजे, शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










