Kathmandu Press

नेम्वाङको पक्षमा मतदान गर्न लोसपासँग एमालेकाे आग्रह

शुक्रबार एमालेका उम्मेदवार नेम्वाङसहितका एमाले नेताहरुले लोसपाका नेताहरुसँग भेटवार्ता गर्दै राष्ट्रपति निर्वाचनमा एमालेलाई सहयोग गर्न आग्रह गरेका हुन्।
नेम्वाङको पक्षमा मतदान गर्न लोसपासँग एमालेकाे आग्रह

काठमाडौं, फागुन १९ : नेकपा एमालेले राष्ट्रपतिमा पार्टीका तर्फबाट राष्ट्रपति उम्मेद्वार सुवास नेम्वाङको पक्षमा मतदान गर्न लोकतान्त्रिक समाजवादी पार्टीसँग आग्रह गरेको छ।

शुक्रबार एमालेका उम्मेदवार नेम्वाङसहितका एमाले नेताहरुले लोसपाका नेताहरुसँग भेटवार्ता गर्दै राष्ट्रपति निर्वाचनमा एमालेलाई सहयोग गर्न आग्रह गरेका हुन्।

छलफलपछि एमाले नेता योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका सन्दर्भमा लोसपा नेतृत्वसँग छलफल गरेको र नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरेको बताए। उनले लोसपाको २४ गते बैठक बस्ने र त्यसबाट आवश्यक निर्णय गर्ने जवाफ पाएको जानकारी दिए।

त्यस्तै लोसपाका नेता राजेन्द्र महतोले एमालेको प्रस्ताव सकारात्मक रहेको र पार्टीको बैठकमा छलफल गर्ने बताए। महतोले राष्ट्रपतिका दुवै उम्मेदवार बराबर भए पनि अहिले लोसपा ८ दलीय गठबन्धनको हिस्सा रहेकाले आवश्यक निर्णय पार्टी बैठकले लिने धारणा राखे।

त्यस्तै उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्न पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम अघि सारेपनि अहिले परिस्थिति फरक भएको जिकिर गरे।

प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्