Kathmandu Press

पिएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए।
पिएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य

काठमाडौं, फागुन १९ : युएईमा जारी आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीले नेपाललाई १८० रनको लक्ष्य दिएको छ।

दुबई इन्टरनेशनल स्टेडियममा पहिला ब्याटिङ गरेको पिएनजीले ४९.२ ओभरमा अलआउट हुँदै १७९ रन बनायो । 

पिएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाउँदा हिरी हिरीले ३१ रन बनाए । उराले ५१ बलमा २ चौका र १ छक्का प्रहार गरे भने हिरीले ६३ बलमा २ चौका र १ छक्का नै प्रहार गरे।

यस्तै, किप्लिन डोरिगाले २६, गाउडी टोकाले १५ र नर्मन भानुआले १४ रनको योगदान दिए। 

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए। सोमपालले १० ओभरमा ३९ रन खर्चिँदा दीपेन्द्रले १० ओभरमा १ मेडनसहित ३० रन खर्चिए। यस्तै, सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान १ विकेट लिए।
 

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्