पल शाहलाई सफाइ दिएको विराेधमा उच्च अदालत पोखरामा प्रदर्शन
बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका शाहलाई न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै आज (शुक्रबार) केही युवायुवतीले उच्च अदालत पोखरामा एक घण्टा विरोध प्रदर्शन गरेका हुन्।
पोखरा, फागुन १९ : बाल यौन दुरुपयोगको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पाेखराबाट सफाइ पाएसँगै कतै विरोध त कतै आलोचना भइरहेको छ। उनलाई सफाइ दिएको विराेधमा उच्च अदालत पोखरामा प्रदर्शन भएको छ।
बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका शाहलाई न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै आज (शुक्रबार) केही युवायुवतीले उच्च अदालत पोखरामा एक घण्टा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका सहभागीले ‘न्यायालयले गल्ती गर्ने अधिकार छैन’, ‘पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार’, ‘न्यायालयले नै अन्याय गर्दा न्यायको अपील कहाँ गर्ने?’ ‘पोलेर बोलेको’, ‘बलत्कारलाई प्रवर्धन गर्ने संस्कार बन्द गरौं’, लगायत नारा लेखिएका पम्पलेट बोकेका थिए।
न्यायालयबाटै पीडितलाई थप पीडा हुने निर्णय भएकाले आफूहरुले राज्यको खबरदारी गर्न शान्तिपूर्ण प्रदर्शन गरेको प्रदर्शनकारीले बताएका छन्। तनहुँ कारागारमा रहेका शाह सोमबार रिहाइ भएका हुन्। उच्च अदालत पाेखराले अघिल्लाे दिन आइतबार उनलाई सफाइ दिएकाे थियाे।
नाबालिग बलात्कार अभियोग लागेका शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोगमा दोषी ठहर गरेको थियो। तर उच्च अदालत पोखराले शाहलाई सफाइ दिएको थियो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










