कार दुर्घटनामा गायक भट्टराईको ज्यान गयो
काठमाडौं, पुस २९ : काठमाडौंको तीनकुनेमा कार दुर्घटना हुँदा गायक निशान भट्टराईको ज्यान गएको छ ।
बा १० च ३०४ नम्बरको कार सोमबार राति बिजुलीको ....

काठमाडौं, पुस २९ : काठमाडौंको तीनकुनेमा कार दुर्घटना हुँदा गायक निशान भट्टराईको ज्यान गएको छ ।
बा १० च ३०४ नम्बरको कार सोमबार राति बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका भट्टराईको उपचारको क्रममा मङ्गलबार बिहान राष्ट्रिय ट्रमा सेण्टरमा ज्यान गएको प्रहरीले जनाएको छ ।
दरबारमार्गमा रहेको बानथाई रेस्टुरेण्टबाट फर्कने क्रममा आफैले चलाएको कार सडकको खम्बामा ठोक्किएर दुर्घटना भएको थियो । सुनसरी धरान उपमहानगरपालिका १४ का भट्टराई रेस्टुरेन्टमा गजल गायनमा सक्रिय थिए ।
प्रकाशित मिति: ०९:१० बजे, मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












