Kathmandu Press

पपुवा न्युगिनीविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट

पपुवा न्युगिनीविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं, फागुन १९ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्यगिनीविरुद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ । 

खेलको  १० औं ओभरमा नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् । उनकाे बलिङमा पपुवा न्युगिनीका ओपनर किप्लिन डोरिगा एलबिडब्लु आउट हुँदै पवेलियन फर्केका छन् । 

४३ बल खेलेका डोरिगाले चार चौकाको मद्दतमा २६ रन बनाए । सन्दीपले उनको विकेट लिन ५ रन खर्चिए । 

खेलको  १४ औं ओभर सकिँदा पपुवा न्युगिनीले एक विकेटको क्षतिमा ६० रन बनाएको छ । आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ । 

यसअघि खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको थियो । 

प्रकाशित मिति: १२:५१ बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्