Kathmandu Press

त्रिभुवन विमानस्थलका महाप्रबन्धकमा प्रतापबाबु, गौतम बुद्धमा हंशराज

यसअघिका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस काण्डमा निलम्बित भएपछि उक्त पद खाली थियो।
त्रिभुवन विमानस्थलका महाप्रबन्धकमा प्रतापबाबु, गौतम बुद्धमा हंशराज

काठमाडौं, फागुन १९ : सरकारले दुई अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक हेरफेर गरेकाे छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी प्रतापबाबु तिवारीलाई दिइएको छ।

यसअघिका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस काण्डमा निलम्बित भएपछि उक्त पद खाली थियो। उनले यसअघि पनि विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।

उनी नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको उपमहानिर्देशक जिम्मेवारीमा थिए। तिवारी विमानस्थलमा आएपछि उनको ठाउँमा देवचन्द्रलाल कर्णलाई पठाइएको प्राधिकरणले जनाएको छ।

त्यसैगरी भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखकाे जिम्मेवारी हंशराज पाण्डेलाई दिइएको छ। यसअघि उनी एभिएसन सर्भिसेज निर्देशनालयको उपमहानिर्देशककाे जिम्मेवारीमा थिए।  

प्रकाशित मिति: १२:०३ बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्