पपुवा न्युगिनीविरुद्ध फिल्डिङमा नेपाल, गुल्सन झाको स्थानमा भीम सार्की
लिग टुको शीर्ष ३ मा रहँदा विश्वकप छनोटमा पुग्न नेपालले अब बाँकी ६ वटै खेल जित्नुपर्नेछ । त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण छ ।
काठमाडौं, फागुन १९ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग खेल्दै छ । पौने १२ बजे सुरु हुने आजको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेको पपुवा न्युगिनीले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिनेछ ।
बिहीबार युएईसँग ६८ रनले पराजित भएपछि नेपालको लगाता पाँच खेलको जित श्रृंखलामा ब्रेक लागेको छ । आजको खेल नेपालले जित्नैर्ने चुनौती छ । लिग टुको शीर्ष ३ मा रहँदा विश्वकप छनोटमा पुग्न नेपालले अब बाँकी ६ वटै खेल जित्नुपर्नेछ । त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण छ । यदि नेपालले आजको खेल हारे शीर्ष तीनको सम्भावना सकिनेछ ।
लिग टुमा नेपाल पपुवा न्युगिनीसँग अपराजित छ । यसअघिको लिग टुको तीनवटै खेल नेपालले जितेको थियो । समग्रमा नेपाल र पपुवा न्युगिनीबीच ७ ओडिआई खेल भएको छ । जसमा नेपालले ५ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ ।
नेपालले आज प्लेईङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा गुल्सन झालाई हटाएर भीम सार्कीलाई राखिएको छ । नेपाली टिममा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, भीम सार्की, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने छन् ।











-1790332718.jpg)