Kathmandu Press

सिनेमा हलमा ‘छक्का पञ्जा ४’ र  ‘२.० छड्के’ 

राजनीतिलाई पृष्ठभूमि बनाएर यो चलचित्र तयार पारिएको छ। हेमराज बिसीको निर्देशन गरेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ। 
सिनेमा हलमा ‘छक्का पञ्जा ४’ र  ‘२.० छड्के’ 

काठमाडौं, फागुन १९ : सिनेमा हलमा आजबाट दुई नेपाली ‘छक्का पञ्जा ४’ र ‘२।० छड्के’ एकसाथ प्रदर्शनमा आएका छन्। दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका हुन्। 

राजनीतिलाई पृष्ठभूमि बनाएर यो चलचित्र तयार पारिएको छ। हेमराज बिसीको निर्देशन गरेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ। 

Hardik ivf

चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्। ‘छड्के’ को सिक्वेल ‘२.० छड्के’ प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ। ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी देखिएका छन् । 

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ।

मल्टिप्लेक्स हलमा छड्के भन्दा छक्का पन्जा ४ ले बढी शो पाएको छ। 

प्रकाशित मिति: ०८:४२ बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्